सनराइज ब्लूचिप फण्ड सूचीकृत, आइतबारदेखि कारोबार हुने

  २०७८ जेठ १३ गते १६:२८     विकासन्युज

काठमाडौं । सनराइज क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको सनराइज ब्लूचिप फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(जेठ १३ गते) नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

नेप्से र सनराइज क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो । यससँगै उक्त फण्ड आगामी आइतबार अर्थात जेठ १६ गतेदेखि ‘एसबीसीएफ’ सिम्बोल मार्फत दोश्रो बजारमा कारोबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.