२०७८ जेठ १३ गते १७:३९ राजिव न्याैपाने
काठमाडौं । तिलोत्तमा नगरपालिका कोरोना भाइरस विरुद्धको खोप खरिद गर्ने तयारीमा छ । नगरपालिकाले नगरवासीलाई नगरको आन्तरिक श्रोतबाटै खोप खरिद गर्ने तयारीमा लागेको हो ।तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस नगरपालिमा दिन प्रतिदिन संक्रमित बढ्दै जदाँ आन्तरिक श्रोत बाटै छिटै खोप खरिद ल्याउने भनिएको तर चाहेर पनि आफै खोप खरिद गर्ने नसक्ने अवस्था सिर्जना भएका नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताए ।
सम्बन्धित खोप उत्पादकसँग सिधै समन्वय नगरपालिकाले गर्न नसक्ने उनले जनाए । संघले खोप खरिदको अनुमति दिए नगरको आन्तरिक श्रोत व्यवस्थाबाट खोप खरिद गर्ने उनको भनाई छ । सङ्घीय सरकारले पालिकालाई खोप किनेर दिँदा ४ देखि ५ महिना लाग्ने र त्यो समयसम्म धेरै नगरबासीको ज्यान जाने भएकाले अरू शीर्षकबाट पनि बजेट छुट्याई नगरबासीलाई खोप खरिद गरी खोप लगाउने निर्णय गरेको घिमिरेले बताए ।
सङ्घीय सरकारले खोप खरिदको लागि अनुमति दियो भने विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्था र निजी क्षेत्रसँग समन्वय गरी उनीहरू मार्फत खोप खरिद गरी नगरबासीलाई निःशुल्क खोप लगाउन योजना रहेको उनले बताए ।
खोप खरिदको लागि लाग्ने बजेट
कुन खोपको लागि कति रकम लाग्छ भन्ने कुराको नगरले आकलन गरेका छैन । नगरपालिकामा १८ वर्ष देखी ८० वर्षसम्मका खोप लगाउन योग्य रहेका नागरिकहरू ७३ हजार रहेका छन् । ७३ हजार नागरिकलाई पहिलो डोजको खोप लगाउनको लागि ७ करोड रुपैयाँ खर्च हुने र दोस्रो डोज पनि लगाउनको लागि १४ करोड रुपैयाँ खर्च हुने घिमिरेले बताए ।
संघीय सरकारले अनुमति दिए नगरमा पहिला चरणको खोप किन्ने तयारी छ । नेपाल सरकारले खोप दिई ६ हजार नागरिकले पहिलो चरणको खोप लगाइ सकेका छन् । पहिलो पनि खोप नलाएको संख्या नगरमा ७३ हजार रहेको घिमिरेले जनाए । खोप किन्ने अनुमति दिए पछि नगरको आन्तरीक स्रोतको व्यवस्था नगर सभाले गर्ने उनले बताए । अन्तर्राष्ट्रिय रेडक्रस संस्था सँग पनि नगरपालिकाले निःशुल्क खोपको लागि आव्हान गरेको छ ।
नगरले खोप खरिको लागि प्रदेश र केन्द्रमा पत्रचार गरेको तर पत्रको जवाफ नदिएको पनि घिमिरेले जनाए ।
काेराेना जोखिम न्यूनिकरणमा नगरकाे प्रयास
नगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेको घिमिरे बताउँछन् । पालिकाले २ अस्थायी कोभिड अस्पताल रहेका छन् । घिमिरे अनुसार यी कोभिड अस्पताल एक सय जनासम्म कोभिडका संक्रमित राख्न सकिने छ । हाल पालिकाको यी अस्थायी कोभिड अस्पतालमा २५ जना संक्रय संक्रमित रहेका छन् ।
कोरोना संक्रमितहरूको अति निकट सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गराउने काम पनि भइएको उनले बताए । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागि पनि जोड दिइरहेका उनको भानाइ छ । नगरको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण गर्दै आए पनि उनले बताए ।
होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुराउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका पनि उनले बताउँछन् । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट उपलब्ध गराउँदै आएका घिमिरेले बताए । नगरले कोभिड अस्तालमा बसेका नागरिकहरूलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।
कोरोना संक्रमण दर बढ्न थालेपछि नगर प्रमुखले चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने दिएका छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि आफू चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका पनि घिमिरेले बताए ।
पालिकामा कोरोनाको संक्रमणदर उच्च रहेको र एबुलेन्सको अभाव भएको कारणले आफूले चढ्ने सवारी एबुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेको उनले बताए । कोरोना संक्रमति बिरामी बोक्न, स्वाब परीक्षणका लागि अस्पतालसम्म लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग हुने उनको भनाई छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.