चेम्बरद्वारा काेभिड-१९ टेलिमेडिसिन केन्द्र संचालन

  २०७८ जेठ १६ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले टेलिमेडिसिन सेन्टर अन कोभिड-१९ केन्द्र आजै देखि संचालनमा ल्याएकाे छ । चेम्बरले नेपाल चिकित्सक संघसँगकाे सहकार्यमा टेलिमेडिसिन केन्द्र संचालनमा ल्याएकाे हाे ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको शुभारम्भ भएको थियो ।

उक्त केन्द्र संचालनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजना रहेको छ ।

केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले मरो डाक्टर एप डाउनलोड गर्न सक्ने र उक्त एप कसरी प्रयोग गर्ने सम्बन्धमामा यस लिंक गइ यस बारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको चेम्बरले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.