हकप्रद सेयर जारी गर्न एचआईडीसीएलले तोक्यो बुक क्लोजको मिति

  २०७८ जेठ १७ गते ११:१४     विकासन्युज

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल) ले हकप्रद सेयर निष्काशन गर्नको लागि बुक क्लोजको मिति तय गरेको छ । जेठ १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यससँगै जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरको लागि आवेदन दिन योग्य रहनेछन् । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीकाे शतप्रतिशत अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले गत जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो ।

सम्बन्धित समाचार

एचआईडीसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.