जेठ मसान्तसम्म ब्याज तिर्नेलाई एनआईसी एशिया लघुवित्तले १५ प्रतिशतसम्म छुट दिने

  २०७८ जेठ १८ गते १९:१३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका ग्राहकले जेठ मसान्तसम्म ब्याज तिरेमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । संस्थाले भाखा नाघेका ऋणी सदस्यलाई यहि जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८ प्रतिशतदेखि अधिक १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको हो ।

संस्थाले गत आ.वा २०७६/०७७ मा समेत आफ्ना ग्राहकलाई ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही आ.व.मा संस्थाले ९ करोड ३३ लाख ०२ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो । ग्राहकमैत्री संस्थाको अवधारणा अनुरुप संस्थाले यस्ता ग्राहकमैत्री योजनाहरु समय समयमा सार्वजनिक गर्ने गरेको छ । यस पटक पनि कोभिड १९ को कारणले सृजित विषम परिस्थितीको सामना गर्न ग्राहकहरुलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको हो ।

गत महिनामा समेत २०७८ को बैशाख २४ गतेदेखि ३१ गतेसम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ बैशाख मसान्त सम्मको सम्पूर्ण लेना भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको वक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १० प्रतिशत छुट प्रदान योजना लागु गरी सो अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुलाई २०७८ वैशाख महिनामा छुट वापत प्राप्त गर्ने रकम १५ लाख १८ हजार २०२ रुपैयाँ उक्त ऋणीको बचत खातामा जम्मा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.