युनियन हाइड्रोले एकैपटक बोलायो दुई वर्षको साधारणसभा, बुक क्लोज कहिले ?

  २०७८ जेठ २४ गते १२:४३     विकासन्युज

काठमाडौं । युनियन हाइड्रोपावरले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को क्रमशः तेह्रौं र चौधौं वार्षिक साधारणसभा आगामी असार २७ गते आव्हान गरेको हो ।

उक्त सभा सो दिन बिहान ११ बजेलाई बोलाइएको कम्पनीले जानकारी गराएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी असार १५ गतेदेखि असार २५ गतेसम्म बुक क्लोज हुने भएको छ ।

कम्पनीको चौधौं साधारणसभाले सञ्चालकहरुको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.