कमोडिटी मार्केट सञ्चालनको लागि आवश्यक गृहकार्य शुरु गर्न अर्थमन्त्री पौडेलको निर्देशन

  २०७८ जेठ २५ गते १२:५५     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि आवश्यक गृहकार्य थाल्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । उनले बोर्डको २९औं बार्षिकोत्वको कार्यक्रममा बोल्दै सो बताएका हुन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले वस्तु विनिमय बजारको सञ्चालन ल्याउने व्यवस्था ल्याएकाे र यसको कार्यान्वयनको लागि  बाेर्डले आवश्यक गृहकार्य शुरु गरी समयमै वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन  बोर्डलाई आग्रह गरेका हुन् ।

कमोडिटी मार्केटमा धान, मकै, गहँ, चिया अलैची जस्ता उत्पादनलाई वस्तुविनमय कारोबारमा समावेश गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.