पवनकुमार खड्का सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त

  २०७८ जेठ २५ गते १६:१३     विकासन्युज

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । बीमा समितिले उनलाई मंगलबार स्विकृती दिइएको जनाएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियाे ।

खड्का यसअघि सूर्या लाइफकै निमित्त सीईओका रूपमा कार्यरत थिए । उनकाे कार्यकाल चार वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.