२०७८ जेठ २५ गते २०:४५ विकासन्युज
काठमाडौं । जर्मनीले नेपाल सरकारलाई कोभिड – १९ विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
मंगलबार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।
जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुमा ११२ थान भेन्टीलेटर, २० लाख ६८ हजार ५०० थान के ९५ मास्क, २९ हजार थान पल्स अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टर टेन्ट, ४०० गमबुट र २५ हजार लिटर हातमा प्रयोग हुने किटनाशक औषधिहरु रहेको नेपालका लागि जर्मनी राजदुतावासले जनाएको छ ।
जर्मनी सहयोग लिदैँ स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले जर्मन सरकार नेपालको लामो समयदेखिको विकास साझेदार र असल छिमेकी रहेको उल्लेख गर्दै ठुलो परिणाममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.