सहकारी र रेमिट सेवा सातामा दुई दिन मात्र खुला हुने

  २०७८ जेठ ३० गते १७:०१     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका सहकारी संस्थाहरु अब सातामा दुई दिन मात्र खुला हुने भएको छ ।

आईतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले निषेधाज्ञा खुकुलो बनाउँदै सहकारी तथा रेमिटलाई सातामा दुई दिन सञ्चालनको अनुमति दिएको हो ।

यसअघि बन्द रहेका सहकारी संस्था तथा रेमिटहरु अब आईतबार र बिहीबार मात्र खुला हुने भएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकलेतोकेको मापदण्ड अनुसार सीमित संख्यामा शाखा र कर्मचारीको व्यवस्थापन गरी वाणिज्य बैंक, विकाश बैंक तगा वित्त कम्पनीहरुले बैंकिङ कारोबार गर्ने पाउनेछन ।

बीमा समिति तथा बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्न सक्नेछन ।

निषेधाज्ञालाई केही खुकुलो बनाउँदै आगामी असार ७ गतेसम्म उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । दोस्रो लहरको कोरोना संक्तमणलाई ध्यानमा राख्दै उपत्यकामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.