२०७८ असार १ गते १८:४३ विकासन्युज
काठमाडौं । यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीयत तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पीपीई, सेनीटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकन मेडिकल, फाउन्डेशन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्रीमा यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले थप गरी नुवाकोटको स्थानीय तहलाई दिइएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.