२०७८ असार ६ गते १३:५७ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्द अहिले सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ । आज विहान १० बजेका लागि तोकिएको पेशीमा अहिले सुनुवाई सुरु भएको हो ।
न्यायधिश डा. कुमार चेडालको इजलाशमा सुनुवाई भइरहेको छ । सो रिटमा अधिवक्ता रोविन बोहजु वहस गरेका छन् ।
अधिवक्ता बोहजुले नै धितोपत्र बोर्डको विज्ञप्ति खोरजीको माग राख्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले शुक्रबार सो रिटको पेशी आजका लागि तोकिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.