२०७८ असार ७ गते १४:०६ विकासन्युज
काठमाडाैं । सुन्दर यातायात प्रालिले सार्वजनिक यातायात संचालनमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेकाे छ । साेमबार प्रालिले भाैतिक यातयात मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात संचालनमा सहजीकरण गरिदिन आग्रह गरेकाे हाे ।
लामो समयसम्म लकडाउनको कारण यातायात व्यावसायीहरुले मासिक रुपमा बैकहरुलाई बुझाउनु पर्ने किस्ता रकम बुझाउन नसकिरहेको तथा यस क्षेत्रमा आवद्ध कामदार , मजदुर कर्मचारीहरुको न्यूनतम आवश्यकता पुरा गर्न समेत नसकिरहेकाे प्रालिका अध्यक्ष भेष बहादुर थापीले बताए ।
थापीले लामो समयसम्म लकडाउन हुँदा सार्वजनिक यातयातका क्षेत्रमा रहेका यातायात व्यावसायी , मजदुर , कामदार कर्मचारीहरुलाई थप आर्थिक समस्या भई समग्र देशको अर्थतन्त्रमा समेत संकट पर्ने भएकाले तत्काल सार्वजानिक बस सञ्जालनमा सहजीकरण गरीदिन आग्रह गरेका छन्।
उनले पहिलाे लहरमा जस्तै दाेस्राे लहरमा अझ थप सुरक्षा अप्नाएर सवारी चलाउने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.