२०७८ असार ७ गते १६:२७ विकासन्युज
काठमाडौं । उच्च गिरावट देखिएको मंगलबारको बजारमा पनि १७ कम्पनीको सेयर मूल्य बढेको छ । २२७ कम्पनीको कारोबार भएको बजारमा १७ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।
जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको सेयर सर्किट लेभलमा कारोबार भएको छ । ७१ अंकले घटेकोे घटेको बजारमा पनि बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ७१७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँले बढी हो ।
कम्पनीले हकप्रद जारी गर्ने प्रकृया अघि बढाएसँगै लगानीकर्ता एकाएक संस्थाको सेयरमा झुम्मिएका हुन् । संस्थाले हिजो मात्रै शतप्रतिशत हकप्रद जारी गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । बाेर्डले स्वीकृति दिएसँगै संस्थाले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छ ।
त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर मूल्य ४.३३ प्रतिशतले बढेर ७१७ रुपैयाँ पुगेको छ । एनटीसीको सेयर मूल्य १.७३ प्रतिशतले बढेर प्रतिकित्ता १२९४ रुपैयाँ पुगेको छ । र, बरुण हाइड्रोको सेयर मूल्य १.५६ प्रतिशतले बढेर प्रतिकित्ता ५२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सोमबार विभिन्न १० वाणिज्य बैंकको ऋणपत्रको सेयर मूल्य बढेको छ । १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५, १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३, १० प्रतिशत नबिल डिबेन्चर २०८२, १० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६, १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४, १०.२५ प्रतिशत सनराइज बैंक डिबेन्चर २०८३, १०.२५ प्रतिशत ग्लोबल आईएमई बैंक डिबेन्चर २०८०/८१, ११ प्रतिशत एनआईसी एशिया डिबेन्चर ०८२/८३, ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स डिबेन्चर २०८५ र ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ को सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ ।
त्यसैगरी, म्युचुअल फण्डमध्ये ३ वटाको इकाई मूल्य सामान्य प्रतिशतले बढेको छ । जसमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी म्युचुअल फण्डको इकाई मूल्य १.८९ प्रतिशतले बढेर प्रतिइकाई १३.४५ रुपैयाँ पुगेको छ । त्यस्तै, कुमारी इक्विटी फण्डको १.७६ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ०.६० प्रतिशतले बढेको छ ।
अघिल्लो दिनको तुलनामा २२७ कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये पोखरा फाइनान्स र यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य क्रमशः ९.२६ र ९.१२ प्रतिशतले घटेको छ । त्यस्तै, बाँकी कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ प्रतिशतभन्दा कमले घटेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.