जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा मंगलबारदेखि सुचारु

  २०७८ असार ७ गते १७:०४     विकासन्युज

काठमाडौं । गत बैशाख १३ गतेदेखि बन्द भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा प्रवाह मंगलबारदेखि पुनः सुचारु हुने भएको छ ।

दोस्रो लहरको कोरोना संक्रमणको जोखिम देखाउँदै बन्द गरिएको अत्यावश्यक बाहेकका सेवा पुनः सुचारु हुने भएको हो ।

प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै भोलिबाट सबै सेवाहरू स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गरिने जनाएको हो ।

यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरले भने नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण आदि लगायतका सेवा बार अनुसार सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.