ललितपुर महानगरकाे नगरसभा बहुमत सदस्यले बहिष्कार गर्ने

  २०७८ असार १० गते १३:३३     विकासन्युज

काठमाडाैं । ललितपुर महानगरकाे नगरसभा बहुमत सदस्यले बहिष्कार गर्ने भएका छन् ।सभाका स‌याेजनकर्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष  श्रीगाेपाल महर्जनले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएका हुन् ।

महर्जनकाे अनुसार नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले महानगरकाे सभा बहिकार गर्ने निर्णय गरेको छन् । उनीहरुले नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएको भन्दै सभा बहिकार गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्नेछ । बजेट सार्वजनिक गर्न ललितपुर महानगरले पनि बिहीबार दिउँसो १ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.