संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

  २०७८ असार १० गते १६:३६     विकासन्युज

काठमाडौं । रिक्त रहेका संवैधानिक निकायमा २० जनालाई नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायका पदाधिकारी नियुक्त गरेकी हुन ।

संवैधानिक परिषद्ले गत वैशाख अन्तिम साता सिफारिस गरेका २० जना पदाधिकारीलाई संसदीय सुनुवाइ विना राष्ट्रपतिले नियुक्त गरेकि हुन ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो ।

लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी, राष्ट्रिय समावेशी आयोगमा डा. रामकृष्ण तिमल्सेना नियुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.