विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड

  २०७८ असार १० गते १६:५६     विकासन्युज

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी नगर उपप्रमुख इन्दिरा कार्कील नरसभामा उक्त रकम बराबरको बजेट पेश ल्याएको जानकारी दिएका हुन् ।

उनले पेस गरेको वार्षिक बजेट चालु खर्च ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ र पूँजीगत खर्च ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार छुट्याइएको छ ।

महानगरले वडास्तरीय आयोजनाका लागि २६ करोड ७८ लाख रुपैयाँ छुट्याएको छ । नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख विनियोजित भएको छ ।

महानगरले वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च गर्नेछ भने चालुतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट विनियोजन गरेको छ ।
महानगरले वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख तथा ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ ।

महानगरले पूर्वाधार विकासका लागि २ अर्ब ४ करोड ३९ लाख ४८ हजार रुपैयाँ छुट्याएको छ । सामाजिक विकासतर्फ १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ र आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

महानगरले सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षको बजेटभन्दा महानगरले करिब २० करोड कम आकारको बजेट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.