२०७८ असार १० गते १७:०३ विकासन्युज
काठमाडौं । ताप्लेजङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ६३ करोड ३९ लाख १५ हजार २ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाका उपप्रमुख बम बहादुर भटाराईले बिहिबार नगरमा आयोजित बजेट नगरसभाको दशाैं अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नगरले स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएका छन् भने आगामी आर्थिक वर्षमा कोभिड महामारीबाट नगर बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ ।
नगरपालिकाले संघीय सरकारबाट ८ करोड रुपैयाँ सामाजिक सुरक्षा अनुदान प्राप्त हुने अनुमान गरेको छ । कृषि, सहकारी, पशुपालन, सहकारी उद्योग र पर्यटन क्षेत्र गरी आर्थिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.