पुनर्निर्माण प्राधिकरणमा कार्यरत ३२ जिल्लाका प्राविधिकले दिए राजीनामा

  २०७८ असार ११ गते १४:०६     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत प्राविधिक (इन्जीनियरहरुले) राजीनामा दिएका छन् । शुक्रबार विभिन्न ३२ जिल्लामा कार्यरत ३ हजार बढी प्राविधिकहरुले सामूहिक राजीनामा दिएका हुन् ।

सिंहदरबार घेराउ गर्दै प्राविधिकहरुले संयुक्तरुपमा प्राधिकरणका आयोजना निर्देशकसमक्ष राजीनामा बुझाएका हुन्।

प्राधिकरणको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले आफूहरुलाई दिइने भनिएका सेवा सुविधाबाट बञ्चित गराइँदा पटकपटक आन्दोलन गरेको र सुनुवाई हुने अवस्था नदेखिएपछि राजीनामा दिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.