पुनर्निर्माण प्राधिकरणका ५० भन्दा बढी प्राविधिक पक्राउ

  २०७८ असार ११ गते १४:१२     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत ५० भन्दा बढी प्राविधिकहरु प्रक्राउ परेका छन् । प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारीहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो ।

सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाबाट आफूहरूलाई पूर्णरूपमा वञ्चित गराइएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.