आरबिबि मर्चेन्टलाई एक अर्ब रुपैयाँको फण्ड जारी गर्न अनुमति

  २०७८ असार ११ गते १७:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ‘आरबिबि म्यूचुअल फण्ड १’ जारी गर्न अनुमति पाएको छ । संस्थाले हालै नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशन तथा बिक्री खुला गर्न अनुमति पाएको हो ।

कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत उक्त योजना ल्याउने भएको हो । जुन बन्दमुखी प्रकृतिको योजना हो । योजनाको आकार एक अर्ब रुपैयाँ रहेको यस फण्डको समयावधि सात वर्षको रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.