टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीबीच सम्झाैता

  २०७८ असार १२ गते १५:२६     विकासन्युज

काठमाडौं । दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ’टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ ।

बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा “आयोजित ओलम्पिक डे २०२१” को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो ।

यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिंदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको कम्पनीले जनाएकाे छ ।

एनओसीले दराजको माध्यमबाट नेपाली दर्शकले पनि जुलाई २३ देखि अगस्त ८ सम्म हुने ओलम्पिक हेर्न र विभिन्न सामाजिक संजाल र अन्य माध्यमबाट सहभागी गराउने काम गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.