आज बसेको सीडीओहरुको बैठक निश्कर्षविहिन, भोलि बिहान फेरि बस्ने, निषेधाज्ञा एक साता थप्ने तयारी

  २०७८ असार १३ गते १८:१२     विकासन्युज

काठमाडौं । आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारी (सीडीओ)को बैठक निश्कर्षविहिन रुपमा टुङ्गिएको छ । निषेधाज्ञाको बारेमा थप निर्णय गर्न बसेको बैठक निश्कर्षविहिन रुपमा टुङ्गिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बसेको बैठकले यकिन निर्णय गर्न नसकेको बताए ।

‘आज बसेको बैठकले यकिन निर्णय दिन सकेको छैन, एक साता थप्ने कि भन्ने छलफल भएको थियो तर धेरै क्षेत्रहरुलाई केही खुकुलो पार्नु पर्ने र त्यसका लागि वृहत छलफल आवश्यक थियो, आजका लागि बैठक त्यतिकै सकियो, फेरि भोलि बिहान बसेर अन्तिम निर्णय गर्नेछौं,’ उनले विकासन्युजसँग भने ।

उनका अनुसार अब धेरै क्षेत्रलाई खुकुलो बनाएर लगिनेछ । यसअघि खुला भएका क्षेत्रको समय थप गर्ने तयारी गरिएको उनकाे भनाइ छ । हाल बार र समय तोकेर अधिकाशं क्षेत्रका पसलहरूलाई खोल्न दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.