२०७८ असार १४ गते ११:०३ विकासन्युज
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा भोलि(असार १५ गते) सम्म आवेदन दिन पाइने छ । इन्छुकले भोलि अपरान्ह ५ बजेसम्म उक्त आईपीओ आवेदन दिन पाउने छन् ।
यससँगै हालसम्ममा उक्त आईपीओमा १७ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार आज(असार १४ गते) बिहान १०ः४० बजेसम्ममा १७ लाख २ हजार २७९ जनाले २ करोड ५७ लाख ८६ हजार कित्ता सेयर माग गरिसकेका छन् ।
जुन संस्थाले सर्वधारणमा माग गरेको भन्दा १३.४५ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा मात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ ।
लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ ।
थप सामाग्री
Copyright © 2024 Bikash Media Pvt. Ltd.