११ औं सामाजिक व्यवसाय दिवसको अवसर नेपालमा सभा हुने

  २०७८ असार १५ गते १५:१०     विकासन्युज

काठमाडाैं । ११ औं सामाजिक व्यवसाय दिवसको अवसरमा नेपालमा असार १६ गते राष्ट्रिय स्तरका सभा आयाेजना हुने भएकाे छ । सो सभाको आयोजना यूनुस सेन्टरको आग्रहमा स्वावलम्बन विकास केन्द्रले गर्ने भएको छ ।

स्वाबलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठको अध्यक्षतामा अनलाइन माध्यमबाट सम्पन्न हुने सो सभामा सन् २००६ का नोबल शान्ति पुरस्कार विजेता प्रा. मोहम्मद यूनुस विशेष वक्ताको रुपमा रहने संस्थाले जनाएकाे छ ।

संस्थाकाे अनुसार उक्त सभामा शुन्य गरिबी, शुन्य बेरोजगारी र हरितगृह ग्यासको शुन्य उत्सर्जनको लक्ष्य हासिल गर्ने तीनवटा शिर्षक अन्तर्गत १० वटा उप–शिर्षकहरुमा छलफल हुने र त्यसमा १० जना विषयगत विज्ञहरुले आफ्नो धारणा राख्ने छन् ।

नेपाल फोरम आयोजना गर्न स्वाबलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठको अध्यक्षतामा ८ सदस्यीय सामाजिक व्यवसाय सम्मेलन आयोजक समिति बनेको छ ।

नेपालको राष्ट्रिय फोरमले आगामी दुई वर्षको लागि कार्ययोजना समेत बनाउने र सो कार्ययोजना २०७८ आषाढ १८ मा हुने अन्तर्राष्ट्रिय संयुक्त सम्मेलनमा प्रस्तुत गर्नेछ । साथै सो कार्य योजना आयोजक समिति मार्फत कार्यन्वयनमा लैजाने योजना रहेकाे श्रेष्ठले बताएका छन् ।

यस फोरममा स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय क्षेत्र, व्यवसाय, गैरसरकारी क्षेत्र, वातावरण क्षेत्र, शिक्षा, अर्थ, वाणिज्य, खेल, युवा, महिला, रोजगारी, लगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका करिब ३ सय जनाको सहभागिता रहने छ ।

यस वर्ष ११औँ सामाजिक व्यवसाय दिवसको अवसर पारी विश्वभर विशेष सभा सम्मेलनहरु आयोजना गरिँदै छन् । बंगलादेशको यूनुस सेन्टरको आयोजनामा २०७८ आषाढ १६ देखि २० (जुन २८ देखि जुलार्ई २, २०२१) ५ दिन सम्म विभिन्न कार्यक्रमहरु संचालन गर्न लागेका छन् भने १५ वटा देशमा राष्ट्रिय स्तरका फोरमहरु आयोजना गरिने भएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.