नागरिक लगानी कोषले थप एकप्रतिशत बढी प्रतिफल दिने

  २०७८ असार १५ गते १५:२४     विकासन्युज

काठमाडाैं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ ।

अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा काेषले थप प्रतिफल प्रदान गर्ने भएको हो ।

यस प्रयोजनका लागि करिव १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

यसले कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पुर्याउने विश्वास कोषले लिएको सिलवालले बताए

सिलवालकाे अनुसार उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको छ । उनले कोषले यस कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको बताए ।

साथै, नागरिक लगानी कोषबाट संचालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.