नर्भिक अस्पतालद्वारा फिजियोथेरापीको होम सर्भिस सुरु

  २०७८ असार १५ गते १६:१८     विकासन्युज

काठमाडाैं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ ।

पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो ।

तत्कालका लागि यो सेवा काठमाडाैं उपत्यकाभित्र मात्र सीमित गरिएको अस्पतालले जनाएकाे छ । कोही कसैलाई फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिष्टहरुलाई बोलाउन सकिने अस्पतालले जनाएकाे छ ।

नर्भिकले थालेको होम सर्भिसले फिजियो थेरापी सेवाका लागि मात्र अस्पताल बस्नुपर्ने बाध्यतामा रहेका बिरामीहरु र कोभिड–१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नचाहने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियो थेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले बताए ।

नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.