जीवन विकासको आईपीओमा नयाँ रेकर्ड, पौने २१ लाखले भरे सेयर

  २०७८ असार १५ गते १९:०३     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । जसले पछिल्लो समयको आईपीओमा आवेदनकाे रेकर्डलाई तोडर नयाँ रेकर्ड राख्न सफल भएको छ ।

संस्थाले जारी गरेको आईपीओमा आन्तिम दिनसम्ममा पौने २१ लाख बढीले आवेदन दिएका छन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आजसम्ममा २० लाख ८४ हजार ७६२ जनाले संस्थाको ३ करोड १२ लाख ६६ हजार २६० कित्ता सेयर माग गरेका छन् । तर यो तथ्यांक अन्तिम नभएको क्यापिटलले जानकारी गराएको छ ।

उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १६.९२ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको थियाे ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.