शालिग्रामलाई प्राप्ती गर्न सिवाईसी नेपालले पायो अन्तिम स्वीकृति, स्वाप रेसियो कति ?

  २०७८ असार १५ गते १९:२६     विकासन्युज

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती (एक्विजिशन) गर्नका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ को दफा ७३ र बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभीने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्वन्धि विनियमावली, २०७३ (चौथो शंशोधन) को अधिनमा रहेर प्राप्ती (एक्विजीशन) प्रक्रिया सम्पन्न गर्न दुवै वित्तीय संस्थालाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुवै लघुवित्तको साधारण सभाबाट निणर्य गरे बमोजिम १००ः७२ अनुसार सेयर स्वाप अनुपातमा सेयर पूँजी मिलान गर्न राष्ट्र बैंकले अनुमति प्रदान गरेको हो ।

प्राप्ती (एक्विजीशन) पश्चात लघुवित्तकोे केन्द्रिय कार्यालय बागलुङ बजारमा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.