२०७८ असार १७ गते १६:१५ विकासन्युज
काठमाडौं । नेपाल वायुसेवा निगमले २० वर्षभन्दा बढी सेवा गरेका चार जना कर्मचारीलाई सम्मान गरेको छ । निगमले आफ्नो ६३ औं वार्षिकोत्वसको अवसर पारेर बिहीबार लामो समयदेखि सेवा गरेका कर्मचारीलाई पदक एवं सम्मानपत्र प्रदान गरेको हो ।
निगमका महाप्रन्धक डिमप्रकाश पौडेलले दीर्घसेवा पदकबाट वरिष्ठ पाइलटहरु नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्जल सिलवाललाई सम्मान गरेका हुन ।
महाप्रवन्धकले निगमका कर्मचारीहरुले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिइरहेको भन्दै भविष्यमा आइपर्ने समस्याहरुमा डटेर योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
उनले महँगो ब्याजको ऋण, महँगो हवाई इन्धन र देश प्रतिकूल विमानहरु किन्नु परेका कारण निगमले दोष बोक्नु परेको चर्चा गर्दै निगमको प्रयासमा हवाई इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए ।
सरकारको स्वामित्व रहने गरी विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा निगमको स्थापना भएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.