प्रधानमन्त्रीले बोलाए साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक

  २०७८ असार १७ गते १६:२२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । ओलीले बिहीबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन ।

आजको बैठकले रिक्त रहेका स्थानमा ४ जना सचिवको नियुक्ती गर्नेछ । यसअघि नै लोकसेवा आयोगले विभिन्न समूहका चार सचिवको बढुवाका लागि नामावली मन्त्रिपरिषद्को बैठकमा पठाइसकेको छ ।

आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ । उनीहरुमध्ये एकजना सचिव नियुक्त हुनेछन् ।

यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल, दिपक खराल र इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन् । सो समूहबाट एक–एक जना सचिव बन्नेछन् ।

प्रशासन सेवाबाट एक जनामात्र सहसचिव डा.दामोदर रेग्मी सिफारिस भएकाले उनी सचिव बन्ने पक्का भएको छ ।

मन्त्रिपरिषदको आज बस्ने नियमित बैठकले मन्त्रालयगत सिफारिसका आधारमा अन्य निर्णयहरु गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.