२०७८ असार १८ गते १२:४० विकासन्युज
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।
आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि नै बालुवाटारमा पुगेका थिए ।
आजको बैठकमा एमालेका उपाध्यष वामदेव गौतमभने सहभागी भएका छन् ।
दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।
सर्वोच्च अदालतले आयोजक कमिटीलाई अवैधानिक भनेपछि ओलीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा परिणत गरेका हुन्।
Copyright © 2025 Bikash Media Pvt. Ltd.