२०७८ असार २० गते १७:१३ विकासन्युज
काठमाडाैं । नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना संक्रमण पुष्टि भएको एक अध्ययनले देखाएको छ ।
छातीरोग विशेषज्ञ डा. नविनप्रकाश साहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धि प्रेस ब्रिफिङमा आइतबार क्षयरोग केन्द्रले गरेको अध्ययनले यस्तो देखाएको बताएका हुन् ।
क्षयरोग र कोभिडको लक्षण करिब उस्तै हुने भन्दै कोरोनासँगै क्षयरोगको समेत परीक्षण गर्न डा. साहले आग्रह गरेका छन् ।
‘क्षयरोग र कोभिड–१९ दुबै स्वासश्वासमा समस्या ल्याउने रोग हुन् । दुवै रोगका लक्षणहरू पनि मिल्दाजुल्दा हुन्छन् । कसैलाई ज्वरो आउने, थकाई लाग्ने, छाती दुख्ने लगायतका लक्षण देखिएमा कोभिडका साथसाथै टिबीसम्बन्धी खकार जाँच गराउनुहुन अनुरोध छ,’ उनले भने ।
उनले क्षयरोग भएका रोगीमा कोरोना संक्रमण भए चाँडै निमोनिया हुने तथा स्वाप्रश्वासमा गम्भिर समस्या ल्याउने बताउँदै समयमै सजगता अपनाउन पनि आग्रह गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.