२०७८ असार २१ गते ११:३० विकासन्युज
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल नियुक्त भएको छ । असार २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले क्यापिटललाई पुनः २ वर्षको लागि राजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।
पुरानो नियुक्तिको म्याद आगामी असार ३१ गतेदेखि सकिँदै थियो । यससँगै पुनः नियुक्ति पाएसँगै क्यापिटले आगामी साउन १ गतेदेखि संस्थाको सेयर रजिष्ट्रार सम्बन्धी काम गर्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.