मनकामना स्मार्टको आईपीओ निष्काशन बन्द, पर्यो ८० गुणा बढी आवेदन

  २०७८ असार २१ गते १८:३८     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन तथा बिक्री बन्द भएको हो । गत असार १७ गतेदेखि निष्काशन खुला भएको उक्त आईपीओमा आवेदन दिने म्याद आज(असार २१ गते)देखि निष्काशन बन्द भएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आईपीओ २० लाख बढीले आवेदन दिएका छन् । अन्तिम दिन साँझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार कूल २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ०५० कित्ता सेयर माग गरेका छन् । उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा गुणा बढी हो ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ७९.९७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।

यद्यपि उक्त तथ्यांक भने अन्तिम नभएको र यसमा घटबढ हुन सक्ने क्यापिटलले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.