२०७८ असार २२ गते ९:१० विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट लागु हुने गरी जोरविजोर प्रणाली हटेको छ ।काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य मापदण्ड पालन गराएर सवारीसाधन संचालन गर्नुपर्ने भन्दै जोरविजोर प्रणाली हटाएको हो । यस्तै बैठकले माइक्रो तथा टेम्पोलाई पनि स्वास्थ्य मापदण्ड पालन गराई चलाउन दिने अनुमति दिएको छ ।
यसअघि २५ सिट क्षमताका सार्वजनिक सवारीसाधनलाई मात्र चलाउने अनुमति दिइएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.