शैलुङ इन्टरप्राइजेज लगायत १५ कम्पनी कालोसूचिमा

  २०७८ असार २२ गते ११:२५     विकासन्युज

काठमाडौं । सम्झौता अवधिमा रासायनिक मल खरिद नगरेको शैलुङ इन्टरप्राइजेज लगायत १५ वटा कम्पनीलाई कालोसूचिमा राखिएको छ ।

सार्वजनिक खरिद अुनगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा चार कम्पनीहरुलाई दुई वर्ष र एघार वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचिमा राखिएको जनाएको छ ।

जसमध्ये २ वर्षका लागि कालोसूचिमा राखिएको मध्ये शैलुङ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । उक्त कम्पनीले तोकिएको समयमा रासायनिक मल खरिद नगरेपछि कृषि सामग्री कम्पनीले धरौटी रकम जफत गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचिमा राख्न सिफारिस गरेको थियो ।

कृषि कम्पनीको सिफारिसमा उक्त कम्पनीलाई यसअघि नै एक वर्षका लागि कालोसूचिमा राखिएको थियो । यस्तै दुई वर्षका लागि रासायनिक मल नल्याउने मुक्तिनाथ कृषि सामग्री कम्पनी, प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौँडा तथा डि एमएस बुट इन्डस्ट्रिज बुढानीकण्ठ रहेका छन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मङ्सिर १६ गतेदेखि लागुहुने गरी एक वर्षको अबधिसम्म कालोसूचिमा राखिएको हो ।

कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म (कालोसूचिमा राखिएको समयसम्म) सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचिमा राख्नुभन्दा अगाडी सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.