नेपाल एग्रोको १४ प्रतिशत बोनस सेयर पारित, इन्फिनिटीले एक्वायर गर्ने

  २०७८ असार २२ गते ११:३५     विकासन्युज

कास्की । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १४ प्रतिशत बोनस सेयर पारित भएको छ । हालै सम्पन्न संस्थाको पाचौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

साथै, नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताए ।

कार्यक्रममा अध्यक्ष कर्माचार्यले संस्था स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारण सभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गरेका सञ्चालकहरु रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठको कार्यको उच्च मूल्याङ्कन गर्दै संस्थाले कदरपत्र सहित सम्मान गरेको बताइएको छ ।

संस्थाले आगामी चार वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठलाई साधारणसभाले निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद चापागाईंले बताए ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ मा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २०७३ बाट प्रथम कारोबार प्रारम्भ गरेकोमा हाल १० वटा जिल्लामा २६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २१ हजारभन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको कम्पनी सचिव पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.