एकैदिन ६ लाख ८७ हजार कित्ता बोनस सेयर सूचीकृत

  २०७८ असार २४ गते ११:०५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन ६ लाख ८७ हजार ५९५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । असार २३ गते मात्रै दुई लघुवित्तको सो मात्राको सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत अर्थात ५ लाख ५४ हजार ४९५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

त्यस्तै, महिला सहयात्राको १० प्रतिशत अर्थात १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यससँगै दुबै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.