२०७८ असार २४ गते १४:१० विकासन्युज
भरतपुर । उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनले पुर्वी चितवनका बाढी प्रभावित मानिसहरुलाई राहत सामाग्री वितरण गरेको छ ।
बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी संघले रत्ननगर ३ वंसीका बढी प्रभावित ६० घरपरिवारलाई राहत वितरण गरेको हो ।
कार्यक्रममा बाेल्दै उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बाढीपीडितहरुलाई सहयोग गरिएको बताए ।
व्यवसायी, सार्वसाधारण एवं विपद्मा परेका जुनसुकै समुदायलाई पनि संघले सहयोग गर्ने बताउँदै नले निजीक्षेत्र राज्यलाई समस्या पर्दा सहयोग गर्न तत्पर रहेको बताए ।
सो अवसरमा रत्ननगर ३ वंसीका आदिवासी थारु समुदायका ६० घरपरिवारलाई चामल, दाल, नुन, तेल, आलुलगायतका खाद्य सामाग्री वितरण गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.