एनएमबिका ग्राहकहलाई फुडमाण्डु, ग्यापुबाट सामग्री खरिद गर्दा छुट

  २०७८ असार २५ गते १३:३९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । क्यासब्याक उपलब्ध गराउने विषयमा द्धिपक्षीय समझदारी गरिएको छ ।

एनएमबि बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने जनाएको छ ।
बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.