बजार विकासको लागि हाम्रा दुईटा माग पुरा होस्ः लगानीकर्ता रौनियार

  २०७८ असार २५ गते १९:४७     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टर्श फोरमका अध्यक्ष छोटेलाल रोनियारले धितोपत्र बजारको विकासको लागि मात्र दुई वटा माग राखेका छन् । उनले पुँजीबजारको विकास तथा विस्तारको लागि यथाशिघ्र बैंक तथा सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन र कमिशन घटाउन माग गरेका हुन् ।

शुक्रबार आर्थिक वर्ष २०७८।७९ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधार सम्बन्धी नीति तथा कार्यक्रमको लागि सुझाव दिँदै उनले सो बताएका हुन् ।

साथै, उनले हाल कार्यान्वयनमा आएको ब्रोकरको कमिसशन पुनः घटाउन धितोपत्र बोर्ड समक्ष माग गरेका छन् ।

त्यस्तै, उनले बजारमा केही कम्पनीको मात्र सेयर बढेकोले इन्डेक्स बढेको दावी गरेका छन् । तर, वित्तीय विवरण राम्रा भएका तथा फण्डामेन्टल्ली स्ट्रङ देखिएका कम्पनीको सेयर मूल्य नबढ्नु दुःखद रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.