२०७८ असार २८ गते १३:५५ विकासन्युज
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको बताएका छन् ।
सोमबार सर्वाेच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै शर्माले प्रतिगमन परास्त भएको टिप्पणी गरेका हुन् ।
आजै सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.