माधव नेपाल भन्छन्ः सर्वोच्चको फैसलाले आफ्नो गरिमा बढायो

  २०७८ असार २८ गते १५:३६     विकासन्युज

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफ्नो गरिमा बढाएको बताएका छन् । सर्वोच्च अदालतले आज संसद विघटनलाई बदर गरेपछि आफ्नो प्रतिक्रिया दिँदै उनले सर्वोच्चले आफ्नो गरिमा बढाएको बताएका हुन् ।

उनले अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको पनि बताएका छन् । ‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन, संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको, संविधानमा केही अस्पष्टतता थियो, तर त्यो व्याख्या पनि गरिदिएको छ,’ उनले भने ।

उनले सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ । यो व्याख्याले संविधानको व्याख्या भएको उनको भनाई छ । फैसलाले नैतिक मूल्य मान्यतामा रहन निर्देश गरेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.