२०७८ असार २८ गते १६:०२ विकासन्युज
काठमाडाैं । सर्वाेच्च अदालतले संसद विघटन बदर गरेपछि निर्वाचन आयोगले निवार्चनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । यसअघि निर्वाचनकाे तीव्र तयारीमा जुटेकाे आयोगले आजदेखि सम्पूर्ण काम स्थगित गरेकाे हाे ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वाेच्चको फैसला अनुसार निर्वाचनसम्बन्धी सबै काम रोकिने बताएका छन् । उनका अनुसार अब आयाेगले निर्वाचनका लागि तय गरिएका कार्यक्रमहरू बन्द हुनेछन् ।
निर्वाचन प्रक्रिया अगाडि बढाउँदा खासै खर्च नभएको उनकाे भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेका थिए ।
निर्वाचनको तयारीका लागि भन्दै अर्थ मन्त्रालयले बजेट समेट छुट्याई सकेकाे थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.