अदालतको फैसला ऐतिहासिक फैसला: कांग्रेस

  २०७८ असार २८ गते १६:२१     विकासन्युज

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुर्नस्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ ।

सर्वोच्च अदालतको फैसला लगत्तै संक्षिप्त प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माल प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत योग्य र ऐतिहासिक भएको बताएका हुन् ।

उनले फैसलाले कानुनभन्दा बाहिर गएर काम गरेको खण्डमा संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा न्यायलयले कर्म गर्न सक्क्तछ भन्ने सन्देश दिएको बताए । उनले संसदलाई जोगाउनका लागि संविधानले सांसदलाई दिएको राजनीतिक अधिकारको रक्षा र सुरक्षा पनि न्यायलयले गरेको उल्लेख गर्दै लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको बताए ।

प्रवक्ता शर्माले पार्टीले सर्वोच्चको आदेशलाई नेपाली जनताको ऐतिहासिक जीतको रुपमा, लोकतन्त्रको जीतको रुपमा नेपालको संविधानको जीतको रुपमा र यो जीतलाई जताको हितमा प्रयोग गर्ने ऐतिहासिक अभिभाराको रुपमा पनि लिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.