नेपालको संविधान प्रष्ट छ, त्यसैले जनताको जित भयो

  २०७८ असार २८ गते १८:३२     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुर्नस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिएका हुन् ।

उनले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको उनले उल्लेख गरे । सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उनले बताए ।

‘आज जुन फैसला भएको छ यो फैसलाले समग्रमा भन्नुपर्दा नेपाली जनताको जित भएको छ । लोकतन्त्रको जित भएको छ । संविधानलाई रक्षा भएको छ । र यस अर्थमा यो ऐतिहासिक फैसला भएको छ भन्ने मलाई लागेको छ । यो ऐतिहासिक अबसरमा सबभन्दा पहिला म यो ऐतिहासिक फैसला गर्ने सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधिश लगायत सम्पूर्ण सम्वैधानिक इजलाशका न्यायाधिशज्यूहरुलाई म हार्दिक धन्यवाद दिन चाहान्छु । यसका साथसाथै यो संसद पुर्नस्थापनाका लागि र यो फैसला गराउनका लागि भुमिका खेल्ने सबैलाई म धन्यवाद दिन चाहान्छु । यो बहुआयामिक महत्वको छ । हाम्रो संविधान लोकतान्त्रिक मूल्य, मान्यताका सबै आयामहरुलाई हामीले समेटेका छौँ । यसका साथसाथै नयाँ केही मौलिक प्रावधानहरु पनि हामीले राखेका छौँ । त्यस अर्थमा हाम्रो संविधान जति प्रष्ट छ त्यही प्रष्टताका साथ आज सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ । यो फैसलाले अहिलेको गाँठो त फुकाएको छ छ, अहिलेको राजनीतिक निकास पनि दिएको छ । र यसले बहुआयामिक हिसाबले संसद विघटनकै सन्दर्भमा सबै हामी संवैधानिक निकायको अथवा राज्यका अंगहरुलाई पनि धेरै राम्रोसित दिशानिर्देश गरेको छ । धेरै राम्रो व्याख्या छ । उच्चस्तरीय व्याख्या छ । यो बौद्धिक, कानुनी हिसाबले पनि, दार्शनिक हिसाबले, सैद्धान्तिक हिसाबले, वैचारिक हिसाबले, हरेक हिसाबले यो स्तरिय छ । मलाई प्रथम दृष्टिमै जो सुने । यो अलि लामोजस्तो लाग्छ । तर यसले एउटा सिद्धान्त प्रतिपादन गरेको छ । त्यसकारण यो फैसला ऐतिहासिक छ ।’

सभामुख सापकोटाले नयाँ अध्यायको सुरुवात भएको भन्दै राजनीतिक दलहरुलाई विगतको समिक्षा गर्दै संसदलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि व्यवस्थित र श्रृङ्खलावद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटन गरेर राजनीतिक व्यवस्था माथि नै धक्का दिन खोजिएको भन्दै उनले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताए ।

‘हामी सबै बढि चिन्तित नै थियौं । किनभनेदेखि प्रतिनिधि सभा विघटन मात्रै भएको होईन, यसको साथसाथै यसले व्यवस्था माथि नै अलिकति धक्का दिन लागिरहेको थियो । र राष्ट्रिय हितमा पनि धक्का लाग्ने खतरा पैदा भइरहेको थियो । यो फैसलाले यि सबै खतराहरुको अन्त्य गरेको छ र नयाँ अध्याय सुरुवात गरेको छ । यस अर्थमा म फेरिपनि समस्त नेपाली जनता र यो प्रक्रियामा लाग्ने सबैलाई हार्दिक बधाई दिन चाहान्छु । म राजनीतिक पार्टीहरुलाई पनि ऐतिहासिक अबसरमा के अपिल गर्न चाहान्छु भने हरेक हिसाबले नयाँ अध्यायको सुरुवात भएको छ । विगतको जस्तै होईन विगतमा राजनीतिक पार्टीहरुले नै विगतको गम्भिर समिक्षा गर्दै खासगरी पहिलोचोटी संसद पुर्नस्थापना हुँदाखेरी संसदलाई धेरै प्रभावकारी बनाउन सकिएन । विभिन्न कारणहरु छ । त्यसमा मेरो भुमिकापनि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसका साथै राजनीतिक पार्टीहरु भनेको त पावर हाउसपनि हुन् । यिनको भुमिका निर्णायक हुन्छ । त्यसकारण राजनीतिक पार्टीले व्यवस्थित र श्रृङ्खलावद्ध योजनाका साथ संसदमा बिजनेश दिने कुरादेखि लिएर जनताका आवाजहरुलाई चाहीँ राम्रोसित मुखरित गर्ने, खासगरी संघीय संसदलाई जिवन्त, जनमुखि, गतिशिल, चलायमान बनाउने जुन प्रण गरेका छौँ । त्यसलाई सफलिभुत बनाउनका लागि म प्रतिनिधि सभाको सभामुखको हैसियतले हाम्रो सचिवालय त त्यसमा लाग्ने नै छ । म के अपेक्षा गर्छु भने यो सर्वोच्च अदालतले जुन फैसला गरेको छ । त्यो फैसला जति प्रष्टताको साथ आएको छ, र त्यही स्पष्टताका साथ, त्यही जवाफदेहिताका साथ, त्यही पारदर्शी ढंगले पार्टीहरुले काम गर्नेछन् भन्ने मलाई लाग्दछ र मैले के ठानेको छु भने दोस्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना, यसले गरेका ऐतिहासिक निर्णयका आधारमा मेरो पनि जिम्मेवारी थपिएको छ त्यही गम्भिरताका साथ त्यही जिम्मेवारीबोधका साथ मैले हिजोपनि भन्दै आएको जनताको सर्वोच्च जनप्रतिनिधि सभा, यसको ओझ, गरिमालाई उच्च पार्नका लागि, जनप्रतिनिधिको सर्वोच्च थलो, सार्वभौम अधिकारले सम्पन्न थलोलाई वास्तविक जीवनमै, व्यवहारिक रुपमै यसको सार्वभौम अधिकारलाई स्थापित गर्नका लागि जे सिद्धान्तमा व्याख्या भएको छ । यसको शक्ति सन्तुलन, शक्तिको पृथकिकरणको सिद्धान्तहरुलाई संविधानवाद यि सबैलाई स्थापित गर्नका लागि सबैको सहयोग मलाई प्राप्त हुनेछ । सबै सांसदहरुको, पार्टीहरुको, नागरिक समाजको, पत्रकार, वुद्धिजिवी, लगायत सबैको सहयोग प्राप्त हुनेछ र हामी नयाँ ढंगले अब पुर्नस्थापित संसदलाई चलाउनेछौं। जनताले देख्नेगरी, बुझ्नेगरी, जनताले अनुभुत हुनेगरी यो नयाँ बन्दैछ भन्ने ढंगले सञ्चालन गर्नेछौं’, उनले भने ।

सभामुख सापकोटाले अब आफ्नो भुमिका र दायित्व पनि बढेको बताए । आफुले संसदको गरिमा र ओझलाई बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.