२०७८ असार २९ गते ९:५३ विकासन्युज
काठमाडौं । देउवा सरकारको मन्त्रिमण्डलमा मन्त्री पठाउने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ ।
मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने सम्भावना रहेको जनाईएको छ ।
सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेश अनुसार आज साँझ देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेछन ।
देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.