देउवा नेतृत्वको सरकारमा मन्त्री पठाउनेबारे निर्णय गर्न जसपाको बैठक बस्दै

  २०७८ असार २९ गते १०:४६     विकासन्युज

काठमाडौं । देउवा नेतृत्वकोे सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र–बाबुराम पक्षको बैठक बस्दै छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिइन ।

जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ ।

सोमबार बसेको गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् गठन गर्ने निर्णय भएतापनि मन्त्रालय बाँडफाँटको विषयमा भने टुङगोे लागेको छैन । मन्त्रिमण्डल गठन र मन्त्रालयको बाँडफाँटको विषयमा निर्णय गर्न आज पुनः गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने जनाइएको छ।

गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष भने बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.